
कोरोना भाइरसको संक्रमण हुन नदिन २० सेकेन्ड हात धुने तरिका

संक्रमण रोक्न भिडभाड हुने ठाउँमा नजाऔं।
नेपालमा सबैभन्दा गाह्रो कुरा भनेको बिहे ब्रतबन्ध भोज जाने कि नजाने भनेर हो। बोलाउनेले चित्तै दुखाएपनि, उहाँ संग क्षमाप्राथी हुँदै कृपया नजानुहोला। सकिन्छ भने बोलाउनेलाई कोरोना भाइरसको बारेमा बुझाएर अलिकति आर्थिक नोकसानी लागेपनि सामाजिक भलाइको लागि भोज स्थगित गर्न लगाउनुहोस्। सक्नुहुन्न भने आफुचाँही नजानुसहोस्।
सही तरिकाले मास्क लगाउने तरिका
सार्स रोगको अनुसन्धान र एसियन मुलुकमा संक्रमणमा केहि रोक देखिको कारण बाहिर जाँदा मास्क लगाउनु उचित देखिन्छ। बिस्तृत जानकारीको लागि यहाँ पढ्नुहोस । तर मास्क किनेर घरमा थुपारेर नराख्नुहोस्, किनकि स्वास्थकर्मीहरुलाई यसको धेरै आवस्यकता छ।
