चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले ‘कोरोनाभाइरस’ को संक्रमण भएपछि निम्न लक्षण हुने बताएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पछिल्लो समय देखा परेको याे रोगको उत्पत्ति श्वासनलीमा आक्रमण गर्ने ‘कोरोना’ वर्गको अपरिचित भाइरसबाट भएकोले बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा र सास फेर्दा निस्किने जीवाणु स्वस्थ मानिसको नाक, मुख र आँखाको सम्पर्कमा आएर सरेको हुनसक्ने अनुमान गरेका छन् । र यस सम्बन्धी छलफल गर्न डब्लुएचओले आज छलफल गर्दै छ । डब्लुएचओले काेराेना संक्रमण फैलिनसक्ने माध्यम हावा र पानीसमेत भएकोले यसबाट सावधानी अपनाउन भनिएको छ ।
कोरोना भाइरसका धेरै प्रकारहरू हुन्छन्। ती मध्ये केवल ६ भाइरसलाई मात्र संक्रमण फैलाउन सक्ने भाइरस भनी बताइएको छ। सार्स नामक कोरोना भाइरसलाई अरुभन्दा खतरनाक भाइरस मनिन्छ।
कोरोना भाइसरको वास्तविक नाम नोबेल कोरोना भाइरस हो । कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य अन्तर्गत पर्दछ ।